थप शसक्त बन्दै लिखु २ को चुनावी अभियान

अखबार हब
२०७९ बैशाख २२, बिहीबार २०:०८

मकवानपुर । नेकपा एमाले लिखु गाउँपालिका वडा नम्बर २ ले आफ्नो चुनावी अभियानलाई शसक्त बनाएको छ । वडा कमिटिको नेतृत्वमा एमालेले घरदैलो अभियानसमेत दिन प्रतिदिन थप प्रभावकारी बनाएको हो ।

अघिल्लो निर्वाचनमा सहज जीत निकालेको एमालेले यो पटक पनि बाजी मार्ने उद्देश्यले घरदैलो अभियान गरिरहेको छ । अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई सहज पराजित गर्दै वडा अध्यक्ष बनेका रामहरी बुढाथोकीलाई यो पटक पनि एमालेले उम्मेदवारको रुपमा खडा गरेको छ ।

जिल्लामै एमालेको गढ मानिएको लिखु २ मा एमालेले वडा अध्यक्षमा बुढाथोकीसँगै दलित महिला सदस्यमा कल्पना दमाई, महिला सदस्यमा देवकुमारी खड्का, खुल्ला सदस्यमा तिलक बहादुर खत्री र कृष्ण बहादुर खड्कालाई चुनावी मैदानमा उतारेको छ । भने लिखु गाउँपालिका अध्यक्षमा लामो समयदेखि समाज सेवामा तल्लिन मिलन बिष्ट र उपाध्यक्षमा विद्यार्थी राजनीतिबाट उदाएकी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य अस्मिता थापा चुनावी मैदानमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*