चुनावी र्यालिमा हिड्ने महिलालाई गठबन्धनको ‘साडी’ उपहार

अखबार हब
२०७९ बैशाख २१, बुधबार १९:००

मकवानपुर । हेटौंडामा पछिल्लो समय गठबन्धनका उम्मेदवारहरु बाट निर्वाचन आचारसंहिता उलङ्गन गर्ने क्रम बढेको छ ।

आज हेटौंडा ७ मा गठबन्धनको चुनाव प्रचारमा हिड्ने महिलाहरुमा कमि देखिएपछि गठबन्धनले निर्वाचन आचारसंहिताको धज्जी उडाउदै साडी दिएर फकाउन थालेको छ ।
नेकपा एमाले विरुद्ध वडा तहमा भएका सबै राजनीतिक दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी र राप्रपा गठबन्धनको र्यालिमा महिलाहरुको सहभागिता कम भएपछी सारी दिएर फकाउन थालेको हो ।

र्यालीमा हिड्ने महिलाहरुलाई पहिलो चरणमा ५० वटा साडी वितरण गरेको छ साथै उपहार दिइएको साडी लगाएर गठबन्धनको चुनाव प्रचारमा हिड्न समेत उर्दि जारी गरेको एक महिलाले बताइन् । नाम उल्लेख नगराउने शर्तमा ती महिलाले भनिन्– ‘महिलाहरूलाई फकाउन एकै रङ्गका साडी दिईएको छ । साथै अन्य महिलाहरुलाई पनि फकाउन र गठबन्धनको र्यालिमा आकर्षित गराउने उद्देश्यले २ सय ५० ओटा साडी किनिएको छ’, उनले भनिन् ।

निर्वाचन आचारसंहिता अनुसार एकै किसिमका पहिरन लगाउन नपाईने, मतदातालाई प्रलोभनमा पार्ने कुनै किसिमका गतिविधि गर्न पाईदैन । तर गठबन्धनले सत्ताको आडमा आचारसंहिताको धज्जी उडाउदै आएको छ ।

हेटौंडा उपमहानगरपालिकाको वडाहरुमध्ये एमालेको पकड रहेको वडामा ७ नम्बर पनि पर्दछ । एमालेको विरासत भत्काउने उदेश्य लिएर सत्तारुढ गठबन्धनसहित लिङ्देन नेतृत्वको राप्रपाको गठबन्धन बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*