बागी उम्मेदवारी दिनेलाई एमाले मकवानपुरद्वारा कारवाही

अखबार हब
२०७९ बैशाख १८, आईतवार ११:२१

मकवानपुर । आसन्न स्थानिय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएका एमालेका संगठित सदस्यहरुलाई नेकपा एमाले मकवानपुरले कारवाही गरेको छ । जिल्लाको विभिन्न स्थानिय तहमा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएर फिर्ता नलिएकाहरुलाई एमाले मकवानपुरले कारवाही गरिएको हो ।

पार्टी निर्णय उलङघन गर्ने मकवानपुरगढी गाउँपालिकाका कृष्ण कंडेल, हेटौंडा उपमहानगरपालिका वडा नं. ५ का विशालराज महत, वडा नं. ११ का अक्कलबहादुर क्षेत्री, हेटौंडा १९ का रत्नबहादुर व्लोन र रमेश पौडेलसहित उनीहरुको प्रस्तावक तथा समर्थकलाईसमेत पार्टीको विधानको धारा ८० (६) अनुसार पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिएको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए।

आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा नेकपा एमालेको आधिकारिक उम्मेदवार खडा गरेको अवस्थामा पार्टीको निर्णय नमान्दै बागी उम्मेदवारी दिएको र आवश्यक समन्वय गर्दासमेत उम्मेदवारी फिर्ता नलिएकाले कारवाही गर्नुपरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*