‘देशको रक्षा गर्ने पार्टी एमाले मात्र हो’–वडा अध्यक्षका उम्मेदवार कार्की

अखबार हब
२०७९ बैशाख १७, शनिबार २०:५२

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा ८ को अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवारी दिएका बोल बहादुर कार्कीले नेपालको सिमा रक्षा गर्ने पार्टी एमाले मात्र भएको बताएका छन् ।

शनिवार हेटौंडा ८ मा भएको घरदैलो तथा चुनावी कोण सभामा बोल्दै देशको रक्षा गर्रे पार्टी एमाले मात्र रहेको बताएका हुन् ।

‘शैक्षिक संस्थाको सुदृढ विकासमा हामी उत्रीएका छौ, आर्थिक विकास, पर्यटकीय विकास, टोल टोलबाट सुरु हुनुपर्छ’ उनले भने । ‘आशाका कुरा मात्रै, गरेर देखाउने पार्टी एमाले मात्रै हो, एमालेसंग प्रतिस्पर्धा गर्ने पार्टी कुनै छैन, एमालेको माहोल देखेर जमात देखेर गठबन्धन गरेकाहरूलाई जनताको मतले ध्वस्त पार्ने छ’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*