प्रचण्डलाई ईश्वर पोखरेलको चुनौती– हिम्मत छ भने कांग्रेस प्रवेश गर्नुस्

अखबार हब
२०७९ बैशाख १७, शनिबार १६:५१

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०लाई कांग्रेस प्रवेश गर्न चुनौती दिएका छन्। माओवादी केन्द्रले स्थानीय चुनावको घोषणा पत्र ल्याउन नसकेको भन्दै पोखरेलले उक्त चुनौती दिएका हुन्।

‘माओवादी घोषणा पत्र जारी गर्न सक्दैन, पुष्पकमल दाहाल जी, हिम्मत छ भने कांग्रेस प्रवेश गर्नुस्,’ उनले भने, ‘राष्ट्रिय राजनीति अलमल्याउने काम नगर्नुस्।’ वैशाख ३० मा हुने स्थानीय निर्वाचन सामान्य निर्वाचन नभएर लडाइँ भएको पोखरेलले बताए। उक्त लडाइँ एमालेलाई जित्नैपर्ने अवस्था रहेको पोखरेलको भनाई छ।

‘यो निर्वाचन सामान्य निर्वाचन होइन। यो लडाइँ हो,’ उनले भने, ‘यो लडाइँको नेतृत्व एकातिर केपी ओली र अर्कोतिर गठबन्धनकारी शक्ति खडा भएका छन्। यो लडाइँ एमालेले जित्नुपर्छ।’ एमालेले मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको वकालत गर्ने भएकाले चुनाव जित्नुपर्ने उनको धारणा छ।

एमालेका उम्मेदवारका विषयमा समिक्षा हुन सक्ने भन्दै उनले निर्वाचन सकिएपछि छलफल हुन सक्ने बताए। एमालेले पोखरा महानगर स्तरीय घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै पोखरेलले घोषणा पत्र अक्षरंश पालना हुने दाबी गरे।

यसमा तपाइको मत

Your email address will not be published.


*