पोखराको मेयरका लागि एमालेबाट १२ जनाको दावेदारी

अखबार हब
२०७८ चैत्र २९, मंगलवार २०:५२

कास्की । पोखरा महानगरपालिकाको मेयर बन्नका लागि एमालेभित्र १२ जनाले दावेदारी प्रस्तुत गरेका छन् । मंगलबार एमाले पोखराको बैठकमा १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

मेयरका लागि प्रदेश सांसद कृष्ण थापा, वडा नम्बर १३ का अध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, एमाले पोखराका पूर्व अध्यक्ष दीपक पौडेल, बालसिंह काउछा मगर, सावित्री भण्डारी, मिनाकुमारी गुरुङ, भीम कार्की, रश्मि आचार्य, प्रा।डा। विश्वकल्याण पराजुली र राजीव पहारीले आन्तरिक उम्मेदवारी दिएका हुन् ।

यसअघि उपमेयर मन्जुदेवी गुरुङ पनि मेयरको दौडमा रहेको समाचार बाहिरिइरहँदा रोचक हिसाबले दाबीबाट बाहिरिएकी हुन् । उपमेयरमा ११ जनाले नाम टिपाएका छन् ।

पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पँगेनी, एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारी, व्यवसायी सञ्जीवबहादुर कोइराला, देवका पहारी, १६ नम्बर वडाका अध्यक्ष जीवनप्रसाद आचार्य, एमाले कास्की सचिव बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र पत्रकार सुष्मा पौडेलले आन्तरिक बैठकमा उम्मेदवारी दर्ता गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*