चन्द्रपुरको मेयरमा कांग्रेसबाट १२ को उम्मेदवारी

अखबार हब
२०७८ चैत्र २९, मंगलवार ११:१६

रौतहट । स्थानीय तह निर्वाचनका लागि रौतहट चन्द्रपुर नगरपालिकाका भावी मेयर र उपमेयर पदका लागि नेपाली कांग्रेसबाट दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् ।

चन्द्रपुरमा बसेको कांग्रेस नगर कमिटी बैठकमा मेयरका लागि १२ जनाले र उपमेयरका लागि ७ जनाले उम्मेदवारी दर्ता गरेर चन्द्रपुर नगरपालिकाको भावी नेतृत्वमा दाबी गरेका हुन ।

स्थानीय कांग्रेस नेता नेता सुमन गौतमका अनुसार मुकेश गिरी, सूर्यबहादुर थापा, अधिकलाल चौधरी, जितेन्द्र चौधरी, अजयकुमार साह, सपुतबहादुर कार्की, केदार थापा, अनन्त कोइराला, रामचन्द्र चौधरी, रमेशहरि भट्टराई, सञ्जय काफ्ले, तारा सापकोटाले मेयरका लागि कांग्रेसको आन्तरिक कमिटीमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, उपमेयरका लागि लक्ष्मी बराल, गीता भारती, सीता गौतम, जयमाला चौधरी, सरस्वती गिरी र तुलसा कोइरालाले उम्मेदवारी दर्ता गराएको गौतमले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*