हेटौंडामा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

अखबार हब
२०७८ चैत्र २७, आईतवार १३:५०

मकवानपुर । मोटरसाइकल धुने क्रममा करेन्ट लागेर हेटौंडामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का ३५ वर्षीय सहदेव गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए । गोलेको मोटरसाइकल धुने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेटौंडा१३ पदमपोखरी स्थित शिवशक्ति वर्कशप सञ्चालन गर्दै आएका गोलेको बिहान ९ः५५ बजे करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु हो । घटनाको थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*