एमाले मनहरीः कतै सर्वसम्मत् कतै सिफारिस (सूचीसहित)
मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले उम्मेदवार छनोटलाई तीब्रता दिएको छ ।
जिल्लाका १० स्थानीयका १ सय २ वटा वडाहरुमा वडाध्यक्षसहित वडा सदस्यहरुको उम्मेदवार टुंगो लागाउने कार्यलाई तीब्रता दिएको हो ।
सोहि क्रममा धेरैजसो वडाहरुका सर्वसम्मत उम्मेद्वार छान्ने नीति लिएको एमालेले मकवानपुरको मनहरी गाउँपालिकाका ९ वडा मध्ये ५ वटामा सर्वसम्मत् अध्यक्ष टुंगो लगाएको छ भने बाँकी ४ वटामा सर्वसम्मत् हुन नसक्दा उम्मेदवारको नाम जिल्लामा सिफारिस गरिएको छ ।
एमाले मनहरी वडा नम्बर २ मा निमा लामा, ६ नं.मा गोपी मोक्तान, ७ नं.मा नारायण सिं घिसिङ, ८ नं.मा पुष्कर सुवेदी र ९ नं.वडामा लक्ष्मण उप्रेतीसहित सदस्यहरु सर्वसम्मत् उम्मेदवार चयन भएका हुन् ।
त्यस्तै बाँकीमा सर्वसम्मत हुन नसकेपछि वडा नम्बर १ बाट (बिशाल लामा, भीमसेन अभिकारी र पोषकबाब विष्ट), ३ नंंबाट (अनिल पुडासैनी, उद्धव मल्ल र मानबहादुर बल), ४ नं.बाट (रवीन ढकाल र सानुकान्छा तितुङ) र ५ नम्बर वडाबाट (किशोर बर्ताैला र सोमनाथ रुम्बा)को नाम सिफारिस गरिएको हो ।
एमालेले मकवानपुरको अधिकांश स्थानीय तहमा सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाएको छ । सर्वसम्मत हुन नकसेका ठाउँमा वडाध्यक्षमा बढीमा तीनजनाको नाम सिफारिस भएको छ ।







