महिला जागरणको मखमलको जुत्ता/चप्पल बनाउने तालिम

अखबार हब
२०७८ चैत्र २१, सोमबार २१:२८

मकवानपुर । महिला जागरण समुहको आयोजमा महिलालाई मखमलको जुत्ता/चप्पल बनाउने तालिमको सुरुवात गरिएको छ । सोमबार हेटौंडा उपमहानगरपालिका–९ का ११ जना महिलालाई मखमलको जुत्ता/चप्पल बनाउने ७ दिने तालिम सोमबारबाट सुरु गरिएको हो ।

९ नम्वरका वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यता तथा समुहको अध्यक्ष लक्ष्मी धमलाको सभाध्यक्षतामा तालिमको उद्घाटन गरिएको थियो । महिलालाई सक्षम बनाउन तालिम दिएको महिला जागरण समुहका सचिव मेनुका पराजुलिले जानकारी दिइन् । ७ दिने तालिममा रिजना प्रधानले प्रशिक्षण दिइरहेछि छिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*