रेश्मा पुन मगरको ‘शिरको फूल’ गीत सार्वजनिक

अखबार हब
२०७८ चैत्र १७, बिहीबार १४:१६

काठमाडौँ । चलचित्र कबड्डी ४ को ‘केशरी’ बोलको कभर गीतपछि चर्चामा रहेकी गायिका रेश्मा पुन मगरको नयाँ गीत सार्वजनिक भएको छ।

हालै सार्वजनिक गायिका पुनको नयाँ गीत गुरुङ मगर समुदायमा प्रचलित कौडा गीत हो। गीतको बोल ‘शिरको फूल’ रहेको छ।

गीत सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रियाहरु पाएको रेश्मा बताउँछिन्। श्रोता तथा दर्शकको मायाले आफूलाई हौसला मिलेको उनको भनाइ छ।

गीतमा लेखु सहयात्रीको शब्द र करणराज कार्कीको संगीत रहेको छ। मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन रहेको गीतमा पुष्प खड्का र रेश्मा पुन मगरलाई फिचर्ड गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*