घरेलु टिम निजगढ युथलाई हराउँदै नेपाल खेलकुद क्लव फाइनलमा

अखबार हब
२०७८ चैत्र १६, बुधबार २३:००

बारा । नेपाल खेलकुद क्लव रौतहट निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा घरेल टिम निजगढ युथलाई टाईब्रेकरमा ४—३ गोल अन्तरले पराजित गर्दै नेपाल खेलकुद क्लव रौतहट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल १—१ गोलको बराबरीमा टुङ्गीएसँगै खेल टाईब्रेकरमा गएको हो । खेलको ३० औं मिनेटमा निजगढको कमजोर डिफेन्स लाईनको मौका उठाउदै मानबहादुर तामाङको गोलसङ्गै रौतहटले अग्रता हो । पहिलो हाफमा अग्रता लिएको रौतहट दोश्रो हाफमा दबाबमा देखिएको थियो ।

रौतहट माथी निरन्तर गोलकोलागि प्रयास गरेको निजगढ ४९ औं मिनेटमा बराबरी गर्न सफल भयो । निजगढकालागी अमिर श्रेष्ठले गोल गर्दै खेललाई बराबरिमा बनाए । दुवै टिमले थप गोल गर्ने प्रयास असफल भएसँगै खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा निजगढका दुईजना खेलाडि गोल गर्न असफल भए ।

खेलको म्यान अफ द म्याच नेपाल खेलकुद क्लव रौतहटका रोशन पहरि घोषित भए । प्रतियोगिता अन्तर्गत दोश्रो सेमिफाइनल बिहिबार बारा एघार र नवजनजागृती युवा क्लव सिमरा बिच हुनेछ । खेल निजगढ स्थित कछाडिया खेल मैदानमा अपरान्ह ३ बजेदेखी शुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*