हेटौंडामा तेक्वान्दो कर्वडहलको उद्घाटन

अखबार हब
२०७८ चैत्र १४, सोमबार १४:१७

मकवानपुर । हेटौंडा–४ कर्रामा निर्माण गरिएको तेक्वान्दो कर्वडहलको उद्घाटन गरिएको छ । उपमहानगरपालिकाको पूर्ण लगानीमा निमार्ण गरिएको कवर्डहलको सोमबार उदेघाटन गरिएको हो ।

तेक्वान्दो कर्वडहलको उद्घाटन गर्दै उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले खेलकुदका संरचना निर्माण गर्नका लागि पाँच वर्षमा धेरै काम गरिएको बताए।

मकवानपुर सहित देशभरीका तेक्वान्दो खेलाडीहरुका लागि यो संरचनाले खेलक्षेत्र अगाडी बढाउन सहज हुने बताए । तेक्वान्दो संघका अध्यक्ष लालकाजी रत्न बर्जाचार्यले यस भवन निर्माण गर्नका लागि उपमहानगरपालिकाले गरेको सहयोगको चर्चा गरे ।

कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, नगरखेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, बिभीन्न क्षेत्रका खेलकुद क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*