दर्ता भएका सबै दलको गठबन्धन भए पनि हामी जित्छौंः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै दल गठबन्धन गरेर आए पनि चुनावमा आफूहरु विजयी हुने दावी गरेका छन् ।
एमालेविरुद्ध सत्तारुढ गठबन्धनमा रहेका दलहरुमात्र नभई निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने उनले दावी गरे ।
पार्टीको भ्रातृ संगठन मुस्लिम इत्तेहाद संगठनको कार्यक्रममा उनले भने, ‘दर्ता भएजति सबै दल मिलेर आए पनि एमालेसँग सक्दैनन् ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमालेसँग प्रतिस्पर्धा गर्न सकिँदैन भनेर बुझेको टिप्पणी गरे ।
‘देउवाले के बुझेका छौ, तिमीहरुले मैले ढिस्काबाट हेरेको छु, एमालेका मसल कत्रा छन् रु तिमीहरु नचाहिने कुरा गर्ने रु एमालेसँग एक्लै लड्ने दुस्साहस गर्ने रु भन्ने गरेका छन् । उनले आधा सही बुझे’ ओलीले भने, ‘एमालेसँग लड्न सकिँदैन भन्ने बुझे त्यो सही बुझे, तर सबै मिले पनि लड्न सकिँदैन भन्ने बुझ्न सकेका छैनन् ।’







