हेटौंडामा सुरु भयो रेपिड बुद्धिचाल मेयर कप प्रतियोगिता

अखबार हब
२०७८ चैत्र ११, शुक्रबार १६:५६

मकवानपुर ।  हेटौंडामा रेपिड बुद्धिचाल मेयर कप प्रतियोगिता सुरु भएको छ ।

नेपाली खेलकुद महासंघ र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा मेयर कप रेपिड बुद्धिचाल प्रतियोगिता शुक्रबारबाट सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटना गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बुद्धिचाल पनि कोठाभित्र खेलिने महत्वपूर्ण खेल रहेको बताए । यस्ता प्रतियोगिताले गर्दा खेल क्षेत्रको विकास हुने, खेलाडीबीच प्रतिस्पर्धा हुने र थप क्षमताको विकास हुने मेयर महतले बताए ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासंघ स्थायी कमिटीका सदस्य धरम लामा, एमाले मकवानपुरका उपसचिव सीता बिष्ट, महासंघ जिल्ला अध्यक्ष सविन मोक्तानलगायतको आतिथ्यता रहेको थियो । बुद्धिचाल प्रतियोगिता भोलिसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*