२१ वर्षीय थापाले गरे धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या

अखबार हब
२०७८ चैत्र ११, शुक्रबार १२:१२

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा एक जनाले धारिलो हतियारको प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उदयपुर घर भइ चुनिखेलमा बस्दै आएका २१ वर्षीय भक्तबहादुर थापाले श्रीमती २४ वर्षीय लक्ष्मी तामाङ (थापा) को हत्या गरेका हुन् ।

मैनालीका अनुसार उनलाई दाउले प्रहार गरेर हत्या गरेको पाइएको मैनालीले बताए । गएराति पौने १२ बजे सामान्य घरायसी विवादमा घटना भएको रहेछ, गम्भीर घाइतेलाई तकाल उद्दार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको थियो’ उनले भने, ‘तर चिकित्सकहरुले उनलाई मृत घोषित गरे ।’

घटनालगत्तै फरार रहेका भक्तलाई पक्राउ गरेर महानगरीय प्रहरी प्रभाग, बूढानिलकण्ठमा राखिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*