पल शाहको थुनछेक बहस सकियो, आदेश केही बेरमा

अखबार हब
२०७८ चैत्र १०, बिहीबार १६:५८

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहको थुनछेक बहस सकिएको छ । आदेश लेख्ने काम भइरहेको तनहुँ जिल्ला अदालत स्रोतले जानकारी दियो ।

प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवशायीले बहस गरेका छन् ।

न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासमा थुनछेक बहस भएको हो ।

एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*