भीमफेदीमा टाटा सुमो र मोटरसाइकल ठोकिँदा एकको मृत्यु

अखबार हब
२०७८ चैत्र १०, बिहीबार १६:४१

मकवानपुर । हेटौंडा–भैंसे सडकखण्डको भीमफेदीमा सवारी दुर्घटना भएको छ । बिहीबार दिउँसो भीमफेदी गाउँपालिका–१ भैंसेमा टाटा सुमो र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेको ना १ ज ३४७२ नम्बरको सुमो र काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना ४९ प २५५६ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मृत्यु हुनेमा हेटौंडा–८, कमानेका प्रमोदकुमार रिमाल रहेको प्रहरी जनाएको छ ।

दुर्घटना हुने दुवै सवारी साधन र सुमोका चालक काठमाडौं–१४, बल्खु का ३९ बर्षीय अर्जुन भण्डारीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*