राप्रपा मकवानपुरको पार्टी कार्यालय कब्जा गर्ने चेतावनी

अखबार हब
२०७८ चैत्र ९, बुधबार १८:५०

मकवानपुर । राप्रपा नेपालका मकवानपुर अध्यक्ष अर्जुन ढुंगानाले राप्रपाको जिल्ला कार्यालय कब्जा गर्ने चेतावनी दिएका छन् ।

भर्खरै मात्र राप्रपा नेपाल मकवानपुरका अध्यक्ष चयन भएका ढुंगानाले जिल्लामा राप्रपा नेपालको अस्तित्व देखाउनको लागी राप्रपा पार्टी कार्यालय कब्जा गर्नुपर्ने अवस्था आएको बताए ।

पार्टी कार्यालय निर्माणमा आफुहरुको लगानी गरेको भन्दै उनले सोही कार्यालयमा बसेर राप्रपा नेपाल विरुद्धका गतिविधी हुने गरेको बताए । ‘हामीले बनाएको भवनबाट हाम्रै विरुद्धका गतिविधी भइरहेको छ त्यो हामीलाई सहन हुदैन’ उनले भने ।

मकवानपुरमा राप्रपा नेपाल र कमल थापाको विचारप्रती आकर्षण बढेको पनि उनको दाबी छ। जिल्लामा केहि व्यक्तिबाट राप्रपा नेपाल र कमल थापाप्रति भ्रम छर्ने कार्य भएको भन्दै उनले त्यस्ता भ्रामक समाचारको पछि नलाग्न आग्रह गरे ।

जिल्लामा छिट्टै संगठन विस्तार अभियान संचालन गर्ने पनि ढुंगानाको भनाई छ। पछिल्लो महाधिवेशनबाट पार्टी अध्यक्षमा पराजित भएपछि कमल थापाले गृहजिल्ला मकवानपुरमै आएर राप्रपाबाट आफू अलग भएको घोषणा गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएर थापाले राप्रपा नेपाल ब्युँताएपछि मकवानपुरमा कार्यकर्ता भने अन्योलमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*