एमाले मकवानपुरमा मनोनित जिल्ला सदस्यहरुले गरे सपथ ग्रहण
मकवानपुर । नेकपा (एमाले) मकवानपुरमा मनोनीत गरिएका जिल्ला सदस्यहरुको आज सपथ ग्रहण गराइएको छ ।
मंगलबार हेटौंडा–५ स्थित पार्टी कार्यालयमा उनीहरुले सपथ ग्रहण गरेका हुन् । उनीहरुलाई नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पद तथा गोपनीयताको सपथ गरे ।
जिल्ला अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा भएको भएको सपथ ग्रहण कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, संविधानसभा सदस्य अनन्त पौडेल तथा राष्ट्रियसभा सदस्य रामचन्द्र राई, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाललगायतको उपस्थिति रहेको थियो ।
विधान अनुसार एमाले मकवानपुरको दोस्रो बैठकले जिल्ला सदस्यमा २७ जनालाई मनोनित गरेको थियो ।
जिल्ला कमिटीले सदस्यमा मिलन पाठक, बिष्णु ढकाल,नरेन्द्र रिजाल, इश्वर मैनाली, उपेन्द्र अधिकारी, कुमार केसी, जगन्नाथ पाण्डे, टेकबहादुर डिमडुङ, धरम लामा, प्रेम बोलखे, बखतलाल चेपाङ, राजन दंगाल, विमला बर्तौला, शालिकराम ढकाल, शिवहरि दाहाल, शुभराज थिङ, सन्तोष चौलागाई, सन्तोष पौडेल, सरिता परियार, सानुभाई विष्ट, सुधिर थापा, सुनिल लोप्चन, सुरेन्द्र विष्ट, सुवोध रिमाल, विष्णु चौंलागाई, रामचन्द्र न्यौपाने, शिशिर सुवेदीलाई मनोनीत पछि आज सपथ ग्रहण गराएको हो ।
एमालेले पछिल्लो समय जिल्लाभर निर्वाचन अभियान सञ्चालन गरिरहेको छ ।







