मकवानपुर प्रहरीद्वारा गाँजासहित चार जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले ४२ किलो अवैध लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा मंगलबार राती ८ बजे समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मनहरी–६ बाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ४४०९ नम्बरको ट्रकलाई रोकी सुरक्षा जाँच गर्दा चालक बस्ने सिट पछाडि लुकाइ ल्याएको लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार पक्राउ पर्नेहरुमा ट्रक चालक मनहरी–६ का ३१ बर्षीय इश्वर पाठक, सहचालक हेटौंडा–११ का २२ बर्षीय सागर थिङ, ट्रकमा सवार नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–१२ का ६० बर्षीय राजेशप्रसाद रौनियार र ४० बर्षीया रेश्मा भर रहेका छन् ।







