सुनिल गिरीले गरे तरुण दल र प्रदेश प्रतिनिधि परित्याग

अखबार हब
२०७८ चैत्र ८, मंगलवार २०:३८

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका युवा नेता सुनिल गिरीले आफू कुनै पनि पदमा नरहेन घोषणा गरेका छन् ।

नेपाल तरण दल हेटौंडा उपमहानगरपालिका सभापति तथा प्रदेश प्रतिनिधि समेत रहेका गिरीले आफ्नो पद त्यागको घोषणा गरेका हुन् । उनले आफ्नो फेसबुक पेजबाट कांग्रेसको क्रियाशील सदस्यमात्र रहने र कार्यकारी पदमा नबस्ने घोषणा गरेका हुन् ।

‘नेपालको राजनीति अवस्था देखेर साह्रै दिक्क लाग्यो । त्यसैले यस्तो निर्णय गरेका हुँ । हामी फिल्डमा कार्यकर्ता जुध्ने माथि नेताहरु एकै कित्तामा उभिने भयो । त्यसैले पदमा रहनै मन लागेन ।’, उनले भने ।

उनले पार्टीभित्र आर्थिकरुपमा सवल भएकाहरु हावी भएको र कामको मूल्यांकन नभएकोभन्दै दुःख व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*