मनहरीमा रुखको हाँगाले थिचेर एकजनाको मृत्यु
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी–६ मा रुखको हाँगाले थिचेर एकजनाको मृत्यु भएको छ।
मंगलबार दिउँसो चलेको हावाहुरीका कारण पैदल हिँडिरहेका एक पुरुषको रुखको हागाले च्यापिएर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।
मृत्यु हनेको पहिचान नखुलेको र घटनास्थल मनहरीबाट २ घण्टाको दुरीमा रहेको र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक टोली घटनास्थल तर्फ गइसकेको जनाइएको छ।
घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले बताएका छन्।







