हेटौंडाको जम्बोमा पत्नीको कुटाईबाट पतिको ज्यान गयो
मकवानपुर । मदिरा सेवन गरी मंगलबार साँझ हेटौंडा–३ जम्बोमा पत्नीको कुटाईबाट पतिको ज्यान गएको छ ।
हेटौंडा–३ जम्बोमा घरायसी विवादका क्रममा ४१ बर्षीय अनिता विकको कुटाइबाट ४३ बर्षीय पति मित्रलाल सुनारको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । पत्नीको कुटाईबाट घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
अनिता विकलाई भने मकवानपुर प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







