समृद्ध नेपाल सुखी नेपालीको आकाक्षा पूरा युवालाई समृद्धिसंग जोड्नुपर्छ–मेयर महत
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले युवालाई समृद्धिसङ्ग जोडदै समृद्द नेपाल सुखी नेपालीको राष्ट्रिय आकाक्षा पूरा गर्न युवालाइ नेतृत्व गर्ने अवसर दिनुपर्ने बताएका छन् ।
जिल्ला युवा समिति मकवानपुरको समन्वय तथा हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाहरुमा गठित वडास्तरीय युवा क्लबका पदाधिकारी तथा सदस्यहरुको नेतृत्व तथा क्षमता विकास तालिमको समापन गर्दै नगर प्रमुख महतले युवा वर्गको समुचित विकास, परिचालन र सहभगितामा नै सीप, पुँजी र प्रविधि जोडन सके देश विकासले गति लिने बताए ।
नगरप्रमुख महतले आम युवाहरुको क्षमता विकासबाट नै समग्र नगरको विकास हुने भएकाले युवाको नेतृत्व विकासका लागि कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताए ।
कार्यक्रममा जिल्ला युवा समिती मकवानपुरको अध्यक्ष शिवहरि दाहालले युवाहरु वर्तमानका साझेदार र विकासका पुर्वाधार भएकाले जिल्लामा रहेका सरकारी तथा अन्य निकायहरुसङ्ग समन्वय गरि सबै नगर र गाउँपालिकाका युवाहरुको नेतृत्व र क्षमताको विकास एवं परिचालनका लागि स्थानीय सरकारसङ्ग मिलेर काम जानकारी बताए ।

अध्यक्ष दाहालले युवामा देखिएको पलाएन, बेरोजगारी र युवाका समस्या हल गर्न युवाको क्षमता विकास गर्दै सीप र उधमसिलता तर्फ जोडन पहल गरिरहेको बताए।
जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष दाहालको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रममा हेटौंडा ६ का वडाध्यक्ष अर्जुन चौलागाईं, प्रशिक्षक रिपेश दाहाल र बालकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । २ चरणमा संचालित तालिममा सहभागी वडास्तरीय युवा क्लबका अध्यक्ष, पदाधिकारी एवं सदस्यहरु गरी १०० जनालार्इ प्रमाणपत्र प्रदान गरिएको थियो ।







