आगामी निर्वाचमा पालिका कब्जा गर्ने अभियानमा काँग्रेस मनहरी

राममणि न्यौपाने
२०७८ चैत्र ७, सोमबार २१:३७

मकवानपुर । कुनैपनि भैपरी नआएका खण्डमा आउँदो बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने पक्कापक्की जस्तै भएको छ । निर्वाचनको मिति घोषणा भइसकेपछि विभिन्न राजनीतिक दलका कार्यकर्तालाई चुनाव लाग्नु कुनै नौलो कुुरा होइन । अझ जनप्रतिनिधिका आकांक्षिका लागी निर्वाचन कुनै ठूलो चाड जस्तै हुने गरेको छ । उनीहरु निर्वाचनको मिति घोषण भएसँगै ठूलो चाडवाड मनाउन तयारी गरे जस्तै गरी लाग्ने गरेका छन् ।

हो,अहिले ठ्याक्कै यस्तै भएको छ, मकवानपुर जिल्ला पनि, जिल्लाको कुन पालिकामा कस्ले टिकट पाउँछ, पार्टीले टिकट कस्लाई दिन्छ सबै दलका स्थानीय नेताहरु टिकट हात पार्ने दौडधुपमा छन् यतिबेला । तर, पश्चिम मकवापुरको मनहरी गाँउपालिकाका नेपाली कांग्रेसका सभापति प्रकाश बर्तौल भने आफू उम्मेद्वारी नलिने तर, गाउँपालिकाका सबै वडामा काँग्रेसलाई विजयी गराउने महत्वकांक्षासहित चुनावी अभियान लिएर पालिका दौडमा लागिरहेका छन्, अझ भनौ नेपाली काँग्रेस मनहरी गाउँपालिका समिति आफ्नो पार्टीलाई मनहरीमा विजयी गराउने उद्देश्यसहित लागिरहेको छ ।

यति बेला मनहरीका विभिन्न वडाहरुमा सभापति बर्तौलाको नेतृत्वमा वडा समिति, टोल समिति गठनले तीब्रता पाएको छ । ‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियानलाई तीब्रता दिँदै बर्ताैलाकै नेतृत्वमा मनहरीमा काँग्रेस गरीब जनताको घरघरमा पुगेको छ । उनी आफैँ पनि व्यक्तिगतरुपमै पालिकामा रहेको विपन्न परिवारका समस्याहरुको निवारणमा लागिपरेका छन् ।

अघिल्लो निर्वाचनमा नेकपा एमाले विजयी भएको उक्त गाउँपालिकामा कांग्रेसको विजयी सुरक्षित रहेको बताउँदै सभापति बर्तौलाले गाउँपालिकामा कांग्रेसको विजयीलाई कसैले रोक्न नसक्नेसमेत बताउँदै आएका छन् ।

बतौलाका अनुसार, आफू सभापति भएपछि आफ्नो कार्यसमिति, वडागत सभापति लगायतलाई निर्वाचत लक्षित कार्यक्रममा होमिन निर्देशन यसअघि नै दिइसकेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा जम्मा ९ ओटा वडामध्ये २ वटा वडामा जीत हात पारेको काँग्रेस आगामी निर्वाचनमा ९ वटै वडा जीत्ने कसरत गरिरहेको छ । यता अघिल्लो निर्वाचनमा बलियो देखिएको नेकपा एमाले दुई भागमा विभाजन हुँदा समेत फेरिपनि जीत्ने दाबी गर्दै आएको छ ।

अघिल्लो निर्वाचनमा पालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवारसँग २ सय ९१ मतले पराजित भएको काँग्रेस एमाले विभाजित भएसँगै बलियो देखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*