गठबन्धन कार्यकर्ताले माफी मागेसँगै टुंगियो हेटौंडा–८को विवाद (सहमतिपत्र सहित)

अखबार हब
२०७८ चैत्र ७, सोमबार १९:४३

मकवानपुर । वडा कार्यालय तोडफोड गर्ने गठबन्धनको कार्यकर्ताले माफी मागेसँगै हेटौंडा–८ को विवाद सहमतिमा टुंगिएको छ ।

गत चैत ४ गते गटबन्धनका कार्यकर्ताले वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको अनुपस्थितिमा कार्यालयभित्र रहेको कुर्ची तोडफोड गर्नुका साथै कार्यालय परिसरमा नाराबाजी गरेसँगै विवादले उग्र रुप लिएको थियो ।

उक्त तोडफोडमा संलग्न गठवन्धनको कार्यकर्ताले क्षमयाचना गरेपछि घटना विवाद सहमतिमा टुंगिएको हो । घटनाको विषयमा चैत्र ६ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको सर्बदलीय बैठकमा सबै पक्षबिच सहमति गरि दुईवटा विषयमा निर्णय भएको छ । घटनापछि वडा नंबर ८ को कार्यालयले तीनजनाको नाम किटान गरि कारबाहीको माग गर्दै जिल्ला प्रहरीमा निवेदन दिएको थियो ।

घटनामा संलग्न भएकने भन्दै नेकपा एकिकृत समाजवादी मकवानपुरका नेता बैकुण्ड सापकोटा, नेपाली कांग्रेसका अच्युतम पौडेल र सरोज श्रेष्ठ बिरुद्ध कारबाहीको माग गर्दै निबेदन परेपछि भएको सर्बदलीय बैठकमा आरोपितहरुले क्षमयाचाना गर्नेगरि निर्णय भएको हो ।

सर्बदलीय छलफलमा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीधर पोखरेल, सचिव विष्णु दाहाल, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव भिम पाख्रिन, नेपाली कांग्रेसका नगर सदस्य सरोज पौडेल, एमालेका नगर सचिव बोलबहादुर कार्की सहित वडा अध्यक्ष गोपाल क्षेष्ठ, निमित्त प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे,मकवानपुरका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङ लगाएतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*