प्रदेश खेलकुद प्रतियोगिता : पुरुष फुटबलको उपाधि मकवानपुरलाई
मकवानपुर । बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको उपाधि मकवानपुरले जितेको छ ।
आज हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाईनल खेलमा ट्राईब्रेकरमा मकवानपुरले ललितपुरलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।
निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा गएको थियो।







