खेकलुद महासंघ जिल्ला भेलाः बुढाथोकीको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटी चयन
मकवानपुर । शनिबार सम्पन्न नेकपा (एस) निकट नेपाल खेकलुद महासंघको मकवनपुर जिल्ला भेलाबाट उमेश बुढाथोकीको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटी चयन गरिएको छ ।
कमिटीमा उपाध्यक्ष भरतमोहन देवकोट र संगीता केसी, सचिव दीपेश कार्की, सहचिव रेनु लामा र सुरेन्द्र थापामगर, कोषाध्यक्ष बादल लामा छन् । अध्यक्ष बुढाथोकी तेक्वान्दोका राष्ट्रिय खेलाडीसमेत हुन् । उनी लामो समयदेखि खेलकुद प्रशिक्षकको रुपमा सक्रिय छन् ।
नेकपा (एस) मकवानपुर अध्यक्ष श्रीधर पोख्रेलको प्रमुख आतिथ्यता भएको भेलामा खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य माधव तिमिल्सिना तथा दीपेन्द्र ढकाल, युवा संघ मकवानपुर अध्यक्ष किरणमान बल तथा अनेरास्ववियू सचिव आकाश अधिकारी तथा नगर युवा संघ अध्यक्ष निरज सिंहलगायत सहभागी थिए ।







