हेटौंडा– ८ का ९५ जना विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश

अखबार हब
२०७८ चैत्र ५, शनिबार २०:१८

मकवानपुर। विभिन्न पार्टी परित्याग गरि ९५ जना नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गरेका छन् । शनिवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमा नेपाली काँग्रेस, नेकपा माओवादी, समाजवादी र राप्रमा आबद्ध भएकाहरु गरी ९५ जना एमालेमा प्रवेश गरेको हो।

पार्टी वडा कमिटीका अध्यक्ष कृष्णबहादुर श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद कृष्णप्रसाद दाहाल, नेकपा एमाले केन्द्रीय सदस्य एवम् प्रदेश सभा सांसद जुनेलीमाया श्रेष्ठ, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महत, बागमती प्रदेश कमिटी सदस्यहरू क्रमशः गोपाल श्रेष्ठ, रघुनाथ खुलाल, बलराम बल, नवराज तिमल्सिना, श्याम ढकाल जिल्ला कमिटी सचिवालय सदस्यहरू क्रमशः गणेश कुमारी श्रेष्ठ, सुमित्रा काफ्ले, दिपक खड्का, जिल्ला सदस्यहरू यशोदा उप्रेती, कुमार केसी, प्रतिमा श्रेष्ठ, धर्मराज पुडासैनी, हेटौंडा उपमहानगरपालिका कमिटी अध्यक्ष शालिकराम पुडासैनी, सचिव बोलबहादुर कार्की लगायत कार्यक्रममा आतिथ्यता रहेको थियो । पिकनिक कार्यक्रममा ३ हजार ५ सय जना भन्दा बढी जनताको पिकनिकमा सहभागी रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*