युवा संघ नेपाल इन्द्रसरोवरको नेतृत्वमा तितुङ

अखबार हब
२०७८ चैत्र ५, शनिबार १९:०९

मकवानपुर । नेपाल कम्युष्टि पार्टी(एमाले) निकट युवा संघ नेपाल इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा रमेश तितुङ चयन भएका छन् ।

शुक्रवार इन्द्रसरोवर गाउँपालिकामा भएको भेलाले तितुङको अध्यक्षतामा ५३ सदस्य पालिका कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा सानुकान्छा गोल, सचिवमा श्रीराम भ्लोन, कोषाध्यक्ष मिग्मा लामा सहसचिव कुशल लामा चयन भएका छन् । त्यस्तै सदस्यहरु दावा थोकर लामा, विक्की लामा, राजकुमार थोकर, श्रीकृष्ण थापा मगर, सलिन थापा मगर, देव राज डिम्डुङ, रोहित डिम्डुङ, वीरबहादुर डिम्डुङ, विकास लामालगायत सर्वसम्वत चयन भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, एमाले मकवानपुरका जिल्ला सह–इन्चार्ज कृष्ण दहाल, संविधान सभा सदस्य सुवास चन्द्र ठकुरीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा धरम लामा, महेश बर्तौलाल, उमा लामा, जयराम लामा, बुद्धिराम लामागायत एमाले नेताहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*