अमेरिकी सेनाको कार्गो जहाज काठमाडौंमा, सामाजिक सञ्जालमा तरङ्ग !
काठमाडौं । अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज शुक्रबार काठमाडौं आएर फर्किएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा फोटो र भिडियो राखेर चर्चा गर्न सुरू भएको छ।
विमानस्थल स्रोतका अनुसार शुक्रबार काठमाडौं आएको कार्गो जहाजले अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री ल्याएको छ।
‘आज आएको जहाजले सधैं झैं कूटनीतिक निकाय र दूतावासका सामग्री लिएर आएको हो,’ ‘यो पहिलो पटक आएको होइन, यसअघि पनि कूटनीतिक नियोगका सामग्री लिएर आउने गरेको छ।’ विमानस्थलस्थित स्रोतले भने ।
विमानस्थलका अनुसार शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएको जहाज पौने १२ बजे फर्किएको छ।
‘अमेरिकी दूतावास र कूटनीतिक नियोगका सामग्री लिएर शुक्रबार बिहान आएको जहाज फर्किसकेको छ,’ स्रोतले भन्यो।







