सुनाचुरीमा यात्रुबाहक बस दुर्घटना,दुईजनाको मृत्यु

अखबार हब
२०७८ चैत्र ४, शुक्रबार ०९:५२

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत् मनहरी – ६ स्थित सुनाचुरीमा बस दुर्घटना भएको छ । हेटौंडाबाट नारायणघाटतर्फ जाँदै गरेको ना ४ ख ४४५४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा परी दुईजनाको ज्यान गएको इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरले जनाएको छ ।

ज्यान गुमाउनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि चितवनका अस्पतालहरुमा पठाइएको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*