हेटौंडाको बसामाडीमा आगलागी
मकवानपुर । हेटौंडा–३, बसामाडीस्थित एक गोठमा आगलागी भएको छ ।
बिहीबार राती करिब ९ बजेको समयमा हेटौंडा बसामाडीमा रहेको स्थानीय विश्व राईको गोठमा आगलागी भएको हो ।
आगलागीबाट गोठमा रहेको परालसहित गोठ पूर्ण रुपमा नष्ट भएको छ । आगलागी भएको करिब एक घण्टापछि हेटौंडा उपमहानगरपालिकाको वारुण यन्त्र (दमकल) र स्थानीयले आगो नियन्त्रणमा लिएको उपमहानगरपालिकाको वारुणयन्त्र इन्चार्ज शुक्रबहादुर मोक्तानले जानकारी दिए ।
गोठमा आगो लाग्नुको कारण भने खुल्न नसकेको उनले बताए ।







