शिवम् सिमेण्ट उद्योगको फित्तामा बेरिएर मजदुरको मृत्यु
मकवानपुर । हेटौंडा–१६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगमा एक मजदुरको मृत्यु भएको छ ।
भारतीय मुलुकका अन्दाजी २१ वर्षीय एक युवकको ज्यान गएको हो। बिहीबार बिहान काम गर्ने क्रममा फित्तामा बेरिएर नक्कीफ अख्तर हुसेनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राज कुमार सापकोटाले बताए।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







