‘मकवानपुर पुनः एमालेको लालकिल्लाको रुपमा स्थापित हुनेछ’

अखबार हब
२०७८ चैत्र ३, बिहीबार ०९:३९

मकवानपुर । एमाले मकवानपुरका सचिव नवीन सिग्देलले जिल्ला पुनः एमालेको लालकिल्लाको रुपमा स्थापित हुने बताएका छन् ।

नेकपा एमाले मकवानपुरगढी गाउँपालिका वडा नं. ४ को भेलालाई सम्बोधन गर्दै उनले भने–‘जिल्ला एमालेको पुनः लालकिल्लाको रुपमा स्थापित हुनेछ र आगामी निर्वाचनमा मकवानपुरे जनताले नेकपा एमालेलाई नै रोज्नेछन् ।’

भेलामा उनले गाउँगाउँमा आधारभूत कार्यहरु शिक्षा, स्वास्थ्य, सडक, कृषि, खेलकुद, पर्यटनको क्षेत्रमा २०७४ सालको स्थानीय तहमा नेकपा एमालेले विजय हासिल गरेपनि विकासले फड्को मारेको बताए ।

सबै पार्टी सदस्यहरु मतदाताको घरदैलोमा पुगेर हामीले ५ वर्ष यी महत्वपूर्ण काम गरेका छौँ, बाँकी कामलाई निरन्तरता दिन एमालेलाई मतदान गर्नुहोस् भन्दै जनता बीचमा जाने र अब ५ वर्षमा नेकपा एमालेको नेतृत्वमा गाउँगाउँ, टोल र बस्तीको कार्यपलट गर्ने सचिव सिग्देलले बताए ।

कार्यक्रममा जिल्ला कमिटीका उपसचिव सीता विष्ट, जिल्ला कमिटीका सदस्य हरिप्रसाद कंडेल, मकवानपुरगढी गाउँपालिका पार्टी उपाध्यक्ष तथा गढी ५ का वडा अध्यक्ष जीतबहादुर घिमिरे, ४ नं. का वडा अध्यक्ष रामप्रसाद तिल्मिसिना, रिटर्नी फेडरेसन, नेपालका मकवानपुर अध्यक्ष कृष्ण घोरसाईनी, राष्ट्रिय युवा संघ नेपालका जिल्ला सचिवालय सदस्य प्रकास सुवेदीलगायतले मन्तव्य राखएका थिए ।

सबै पार्टी सदस्यलाई स्थानीय निर्वाचन केन्द्रित हुन आयोजना गरिएको भेलाको वडा कमिटीका अध्यक्ष अर्जुन तिल्मिसिनाको सभाध्यक्षतामा भएको हो । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमाले मकवानपुरले आफ्नो चुनावी गतिविधिलाई तीब्रता दिएको छ । निर्वाचन आगामी बैशाख ३० गते गर्नेगरी निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*