प्रदेश प्रमुख शर्मा र बेपत्ता छानबिन आयोगका अध्यक्ष सुवेदीबीच भेटघाट

अखबार हब
२०७८ चैत्र २, बुधबार १७:५२

मकवानपुर । बागमती प्रदेशका माननीय प्रदेश प्रमुख यादव चन्द्र शर्माज्यू र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालका अध्यक्ष युवराज सुवेदीबीच भेटवार्ता तथा छलफल भएको छ ।

बुधवार भएको भेटमा आयोगका अध्यक्ष युवराज सुवेदीले आयोगबाट हालसम्म भएका कार्यका बारेमा जानकारी गराए। अध्यक्ष सुवेदीले २०५२ साल फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्म भएको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा आयोगले गरिरहेको छानविन, परिचयपत्र वितरण, सम्बन्धित ऐन नियम एवं नीतिमा भए बमोजिम उनीहरुका लागि प्रदान गरिनुपर्ने सुविधाका बारेमा चर्चा गरे ।

उनले बेपत्ता पारिएका व्यक्तिका विषयमा आयोगले संघ, प्रदेश तथा स्थानीय तहमा गरेको सिफारिस कार्यान्वयन गराउँन सहजीकरणका लागि प्रदेश प्रमुख शर्मालाई आग्रह समेत गरे ।

उनले आयोगका सिफारिस कार्यान्वयनका लागि सम्बन्धित पक्षहरुसंग समन्वय तथा आवश्यक सहजीकरणका लागि आफू सदैव लागिपर्ने प्रतिबद्दता समेत व्यक्त गरे।

भेटघाट तथा छलफलमा आयोगका सदस्यहरु सुनिलरञ्जन सिंह, सहसचिव कृष्णप्रसाद पुडासैनी, उच्च सरकारी वकिलको कार्यालय, हेटौंडाका सहन्याधिवक्ता सन्देश श्रेष्ठ, बागमती प्रदेश प्रमुख कार्यालयका सचिव शिवराम न्यौपाने, उपसचिव कृष्णप्रसाद आचार्यको समेत उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*