मकवानपुर प्रहरीले गर्‍यो ५ किलो लागुऔषध अफिम बरामद

अखबार हब
२०७८ चैत्र २, बुधबार १४:२९

मकवानपुर । मकवानपुर प्रहरीले मनहरीबाट लागुऔषध अफिम बरामद गरेको छ ।

गएराति इलाका प्रहरी कार्यालय मनहरीबाट विशेष सुचनाकोे आधारमा खटिएको प्रहरी टोलीले दुई वटा मोेटरसाइकलबाट ५ किलो लागुऔषध अफिम र अवैध नगद एक लाख रुपैयाँ बरामत गरेको हो ।

प्रहरीलाई देख्नासाथ मोटरसाइकल चालकहरु फरार भएको प्रहरीले जनाएको छ । उनीहरुको अहिले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकोे छ । घटनाबारे थप अनुन्धान भइरहेकोे प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*