बालज्योति माविलाई नेपाल स्काउटको १४ हजार थान माक्स
मकवानपुर । नेपाल स्काउट प्रदेश कार्यालय हेटौंडाले बालज्योति माध्यमिक विद्यालयलाई माक्स सहयोग गरेको छ । हेटौंडा—५ स्थित बालज्योति माविलाई नेपाल स्काउट प्रदेश कार्यालय हेटौंडाले बुधबार एक कार्यक्रमबीच १४ हजार थान माक्स हस्तान्तरण गरेको हो ।
कोभिड—१९ संक्रमण रोकथामका लागि माक्स सुनिश्चितता कार्यक्रम अन्तर्गत पहिलो चरणमा विद्यालयलाई उक्त माक्स वितरण गरिएको हो ।
विद्यालयमा माक्सको अभाव सिर्जना हुने अवस्थामा नेपाल स्काउटले हस्तान्तरण गरिएको माक्सले राहत पुग्ने विद्यालयका प्रधानाध्यापक भरत पोखरेल बताए । विशेषगरी तल्लो तहका विद्यार्थीलाई उक्त माक्सको सदुपयोग गरिने उनले जानकारी दिए । नेपाल स्काउट प्रदेश कार्यालय बागमतीका सदस्य महेन्द्र रानामगर र अधिकृत शोभा लामिछानेले विद्यालयका प्रअलाई माक्स हस्तान्तरण गरेका थिए ।
यसैगरी नेपाल स्काउट बागमती प्रदेश कार्यालयका सदस्य महेन्द्र रानामगरले दोस्रो चरण पनि माक्स सहयोग गरिने प्रतिबद्वता व्यक्त गरे । कार्यक्रममा ५ नम्बर वडा सदस्य भागवती वि.क., विद्यालय व्यवस्थापन समिति अध्यक्ष शशि दाहाल, पूर्वअध्यक्ष/सल्लाहकार रवीन्द्र पोखरेल, सहायक प्रअ वर्दराज वाग्ले, नेपाल स्काउट नगर सदस्य अनिल आचार्यलगायतको उपस्थिति रहेको थियो ।







