रुन्चेडाँडा काँग्रेस टोल समितिको संयोजकमा स्याङतान

अखबार हब
२०७८ चैत्र २, बुधबार १२:२०

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको वडा नम्बर ५ स्थित रुन्चे डाँडामा कांग्रेसले टोल कमिटी गठन गरेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश सदस्य जानकी लामामो प्रमुख आतिथ्यतामा भएको टोल कमिटी गठन कार्यक्रमबाट १५ सदस्यीय टोल कार्यसमिती चयन गरेको हो ।

सन्जिव तामाङको संयोजकत्वमा गठन भएको टोल समितीमा उक्त टोलका नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई समेट्दै समिती गठन गरीएको बताईएको छ । उक्त कार्यक्रममा आसन्न स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका भरत पराजुली र जानकी लामा तामाङ सहित तरुणदल मकवानपुर जिल्ला उपाध्यक्ष निराजन बर्तौला, काँग्रेस वडा सचिव सिताराम स्याङ्बो, रामचन्द्र बर्तौला, गौरीप्रसाद उप्रेती, योगेन्द्र अर्याल, कृष्ण बहादुर स्याङ्तान, काजीमान लामा लागाएतको उपस्थिति रहेको थियो ।

स्थानीय तहको चुनाव नजिकीएसँगै गाँउपालिकाको अध्यक्षमा उम्मेद्वारी घोषण गरेको भरत पराजुली पालिकाको टोलटोलमा संठन विस्तारमा सक्रिय भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*