हेटौंडा–७ स्थित एक गोठमा लागेको आगो नियन्त्रणमा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. ७ स्थित एक गोठमा लागेको आगो नियन्त्रणमा आएको छ ।
मंगलबार राती करिब ९ः३० बजे पराल राखिएको गोठमा लागेको आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको हेउमनपा बारणयन्त्र इन्चार्ज शुक्रबहादुर मोक्तानले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको उनले बताए ।
आगलागीबाट स्थानीय हरि खड्काको गोठ र गाठमा रहेको माया बलको पराल जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।







