‘हल्लाको भरमा टिकट पाइँदैन’–सभापति लामा

अखबार हब
२०७८ चैत्र १, मंगलवार २२:०३

मकवानपुर । काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले आगामी स्थानीय तहको निर्वाचनमा समाज परिवर्तनमा दीर्घकालीन भिजन भएकालाई पार्टीले टिकट दिने बताएका छन् ।

नेपाली काँग्रेस मनहरीको टोल कमिटी गठन तथा ८ नं. वडा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले भने–‘हल्लै हल्लाको भरमा टिकट पाइँदैन, भिजन भएको, समाजले रुचाएको व्यक्तिलाई नै पार्टीले टिकट दिन्छ’ ‘समाजमा गलत गर्ने व्यक्ति क्षणिक पपुलर बने पनि मान्छेले गलत गरेको भुल्न सकेका हुँदैनन् र त्यस्ता व्यक्तिलाई टिकट दिँदा पार्टीले चुनाव हार्न सक्छ’ उनले भने ।

आफ्नो नजिकको नेताले टिकट पाउँला जस्तो भयो भने खुसी हुने र नपाउँला जस्तो भयो भने अँध्यारो अनुहार बनाउने प्रवृत्तिले चुनाव जित्न गाह्रो पर्ने उनले बताए ।

काँग्रेस मनहरी गाउँपालिका–८ का सभापति भीमसेन लामाको सभाध्याक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि काँग्रेस मकवानपुरका (सभापति) बुद्ध लामा, बिशिष्ठ अतिथिहरुमा (उपसभापति) आनन्द कठायत र धर्म लामिछाने, (जिल्ला सचिव) भीमसेन महत रहेका थिए ।

त्यस्तै अतिथिहरुमा (बागमती प्रदेश सदस्य) जानकी लामा, जानुकी लामा र चम्फुरत्न लामा, (पूर्व कार्यबाहक सभापति विष्णुप्रसाद लामिछाने, (पूर्व जिल्ला सल्लाहकार) भरत पराजुली, (महाधिवेशन प्रतिनिधि) शंकर न्यौपाने, (प्रतिनिधिसभा क्षेत्र नं.२(ख)) सभापति रञ्जन कालाखेती, मनहरी गाउँपालिका (सभापति) प्रकाश बर्ताैला, (उपाध्यक्ष) सूर्य रोक्का, (सचिव) अनन्तप्रकाश अर्याल, (निवर्तमान सभापति) नारायणप्रसाद उप्रेती, काँग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं.२ का (सदस्य) राममणि न्यौपाने, (क्षेत्रीय सदस्य) सर्मिला लामा, मनहरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष सीतराम अर्याल रहेका थिए ।

कार्यक्रममा बुथ प्रतिनिधिहरु, क्रियाशिल सदस्यहरु, काँग्रेस शुभचिन्तक तथा मनहरी ८ नं. वडाबासीहरुको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*