प्रतिपक्षको आरोपः कार्यकर्ता बढाउन मुख्यमन्त्री पाण्डेको टुक्रे योजनामा बजेट

अखबार हब
२०७८ चैत्र १, मंगलवार ०८:११

मकवानपुर । बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साना योजनामा रकम बाँडेर मुख्यमन्त्री राजेन्द्र पाण्डेले कार्यकर्ता बढाउने काम मात्र गरेको आरोप लगाएकी छन् ।

संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारले ५ लाख रुपैयाँको योजना पार्टीमा कार्यकर्ता बढाउन वितरण गरेको दाबी गरिन् । उनले नयाँ पार्टीमा कार्यकर्ता बढाउन सरकारले गलत काम गरेको बताइन् । ‘सरकारले रकम चलाउन पायो भन्दैमा जे नि गर्न मिल्छ ५ लाखले के योजना पूरा हुन्छ ?

सोमबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै शाक्यले सरकार संविधानअनुसार नभएर स्वेच्छाचारी ढंगबाट अगाडि बढिरहेको बताइन् ।

यो कार्यकर्तालाई खुशी बनाउन दिने रकम मात्र हो ।’ उनले भनिन्, ‘प्रदेशको ५ लाखको दरले योजना वितरण गर्ने नाममा कार्यकर्तालाई पैसा बाँड्न मिल्छ ? नयाँ पार्टी जनताले बनाउने विषय हो । पैसाले होइन । मुख्यमन्त्री ज्यू, धेरै चिन्ता नगर्नुस् कार्यकर्तालाई खुशी बनाउन पैसा बाँड्ने काम नगर्नुहोला । अनुशासनहिन काम नगर्नुहोला । मितव्ययी, पारदर्शीता, संस्कारयुक्त सोच र आर्थिक प्रणालीको विकास हामीले गर्नुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*