बागमतीको मुख्यमन्त्रीमा शालिकरामको चर्चा

अखबार हब
२०७८ फाल्गुन ३०, सोमबार २२:३०

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र बागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जमकट्टेलको चर्चा सुरु भएको छ ।

माओवादी केन्द्रका नेता अध्यक्ष प्रचण्डले बागमती प्रदेशका संसदीय दलका नेता जमकट्टेललाई मुख्यमन्त्री बनाउन पहल थालेका हुन् ।

प्रचण्डले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीलाई मुख्यमन्त्री छाडेर बागमतीमा जमकट्टेललाई बनाउने खुलासा गरेका छन् ।

धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सुदुरपश्चिममा मुख्यमन्त्री छाडेमा बागमती दिने जवाफ दिएसँगै बागमतीमा जमकट्टेलको चर्चा सुरु भएको हो ।

बागमतीमा हाल माओवादी, कांग्रेस र नेकपा (एस)को सरकार रहेको छ । बागमतीमा जेठ महिनाबाट कांग्रेस संसदीय दलको नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने सहमति भएको बताइएको थियो ।

सुदूरपश्चिम प्रदेश कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहक्षेत्र हो । देउवाले त्यहाँ कांग्रेसबाट मुख्यमन्त्री बनाउन चाहेको बुझिएको छ । अहिले माओवादीबाट त्रीलोचन भट्ट सुदूरपश्चिमका मुख्यमन्त्री छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*