हेटौंडाको डोर्स रेष्टुरेण्टमा आगलागी, बाँसको कटेज जलेर नष्ट
मकवानपुर । हेटौंडामा रहेको डोर्स रेष्टुरेण्टमा आगलागी भएको छ । हेटौंडा–५ स्थित डोर्सस् रेष्टुरेण्टमा सोमबार दिउँसो आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार रेष्टुरेण्टमा भएको आगलागी नियन्त्रणमा आएको छ । ‘रेष्टुरेण्टमा बाँसको कटेज रहेछ, पूर्णरुपमा क्षति भएको छ ।’, वडा प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक कृष्ण विष्टले जानकारी दिए । उनका अनुसार आगलागीको क्षतिको विवरण आउन बाँकी रहेको छ ।
विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । स्थानीय, प्रहरी र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगलागी नियन्त्रणमा लिइएको थियो ।







