प्याब्सन बागमती प्रदेशको अध्यक्ष श्रेष्ठलाई रिलायन्सको स्वागत

अखबार हब
२०७८ फाल्गुन २९, आईतवार १४:४२

मकवानपुर । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बागमती प्रदेशका नवनिर्वाचित अध्यक्ष केशवलाल श्रेष्ठलाई स्वागत गरिएको छ ।

रिलायन्स आवासीय माबि हेटौंडाका सस्थापक प्राचार्य श्रेष्ठलाई विद्यालयले आईतबार एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरेको हो । विद्यालयले प्याब्सन बागमती प्रदेशका सचिवालय सदस्य एवम् लेखा समिति संयोजक दिनेश फुयाललाई समेत स्वागत तथा सम्मान गरेको विद्यालयका प्रिन्सीपल दिनेश सुवेदीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रीतु श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदिको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै हेटौंडा उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गंगाधर रिमाल, ज्ञानोदय बालबाटिका मा.वि.का संस्थापक सावन सुवेदी र विद्यालयकी सहप्राचार्य अनुजा झा लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*