नेकपा माओवादी केन्द्रद्वारा हेटौंडामा टोल कमिटीहरु गठन

अखबार हब
२०७८ फाल्गुन २८, शनिबार १८:३०

मकवानपुर । नेकपा माओवादी केन्द्रले हेटौंडा उपमहानगरपालिकाको विभिन्न स्थाहरुमा टोल कमिटीहरु गठन गरेको छ । हेटौंडा ११ को सिमलटारस्थित टोल विकास चोकमा, बुद्धचोक र एकता चोकमा विभिन्न टोल कमिटीहरु गठन भएको हो ।

शनिवार भएको भेलामा हेटौंडा ११ वडा कमिटीका अध्यक्ष देवकृष्ण थोकरको अध्यक्षतामा पार्टी समन्वय समितिका सचिव भीम पाख्रिनको प्रमुख आतिथ्यतामा कमिटीहरु गठन भएको हो ।

रहरीमायाको अध्यक्षतामा १३ सदस्यीय कमिटी बुद्धचोक टोल कमिटी, गंगाराम थिङको अध्यक्षतामा ११ सदस्यीय टोल विकास चोक कमिटी र मेसरबहादुर नेपालीको अध्यक्षतमा १५ सदस्यीय एकता चोक टोल विकास समिति, नरेन्द्र लोप्चनको अध्यक्षतामा ११ सदस्यीय सागरपथ टोल कमिटी र महेश लामाको अध्यक्षतामा ११ सदस्यीय मिलनचोक कमिटी गठन भएको देवकृष्ण थोकरले जानकारी गराए ।

कार्यक्रममा केन्द्रका नगर सदस्य तथा सिमलटार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगर, ११ नम्बर वडा कमिटी सचिव सुषाभ बर्तौला, ११ नम्बर वडा ईञ्चार्ज देवनारायण चौलगाईलगायतले आगामी निर्वाचनको लागि दलका कार्यकर्ताहरु तयारी अवस्थामा रहन र घरघरमा गएर जनचेतना फैलाउन आग्रह गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*