यी हुन् सबैभन्दा कम मतदाता रहेका ३ जिल्ला र ३ पालिका

अखबार हब
२०७८ फाल्गुन २७, शुक्रबार २०:१७

काठमाडौं । सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङ हो । निर्वाचन आयोगका अनुसार मनाङमा ६ हजार ५७१ मतदाता रहेका छन् । मनाङपछि मुस्ताङ कम मतदाता रहेको जिल्ला हो । मुस्ताङमा १० हजार ७९० जना मतदाता रहेका छन् ।

सबैभन्दा कम मतदाता रहेको ३ जिल्लामा डोल्पा पनि परेको छ । डोल्पामा २२ हजार ६५१ मतादता छन् ।

मनाङको नार्पाभूमिमा ४५० मतदाता

सबैभन्दा कम मतदाता रहेको मनाङ जिल्लाको नार्पाभूमि सबैभन्दा कम मतदाता रहेको पालिकामा परेको छ । जहाँ ४५० मतदाता रहेका छन् ।

सबैभन्दा कम मतदाता रहेको ३ पालिकामध्ये बाँकी दुई पालिका मनाङकै चामे र डोल्पाको ताङसोङ हो । निर्वाचन आयोगका अनुसार चामेमा ७२२ र ताङसोङमा ९८४ मतदाता रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*