नेपालका पाँच युवा क्रिकेटरले भारतमा प्रशिक्षण लिने

अखबार हब
२०७८ फाल्गुन २७, शुक्रबार १५:००

काठमाडौं । नेपालका पाँच युवा क्रिकेटरले भारतमा प्रशिक्षण गर्ने भएका छन् ।

राष्ट्रिय टिमबाट खेलिसकेका लोकेश कुमार बम, गुलशन कुमार झा र कुशल मल्लसँगै यू–१९ राष्ट्रिय टिमका कप्तान देव खनाल र यू–१९ टिमकै मोहमम्द आदिल अन्सारीले भारतमा प्रशिक्षण गर्ने भएका हुन् ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार पाँच क्रिकेटर बेंगलोरमा रहेको जष्ट क्रिकेट एकेडेमीमा दुई साता लामो हाई परफरमेन्स क्याम्पमा प्रशिक्षण गर्नेछन् ।

खेलाडी विकास कार्यक्रम अन्तर्गत पाँच खेलाडी भारत जान लागेको क्यानले जनाएको छ । उनीहरू शुक्रबार राति भारत प्रस्थान गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*