लागुऔषधसहित हेटौंडाबाट दुई जना पक्राउ

अखबार हब
२०७८ फाल्गुन २६, बिहीबार २१:५६

मकवानपुर । हेटौंडाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–९ बाट बुधबार साँझ लागूऔषध स्पास्मो २ सय ८८ ट्याबलेट र नाईट्राभेट ५ सय ८५ ट्याबलेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा–१५ बस्ने २१ वर्षीय जलजला स्याङ्बो र बकैया–७ घर भई हाल हेटौंडा–१५ शिखरपानी बस्ने १९ वर्षीय आशिष भोम्जन रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले ज.८ प ५६५ नम्बरको मोटरसाइकल दुर्घटना भई लडिरहेको अवस्थामा फेला पारी तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको मकवानपुर प्रहरी जनाएको छ ।

मोटरसाइकलका चालक जलजला मोटरसाइकल छोडी फरार भएपछि खोजी गर्ने क्रममा ना.३ प ६९६१ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा फेला पारी जलजला र ना.३ प ६९६१ नम्बरको मोटरसाइकल चालक आशिष समेतलाई प्रहरीले पक्राउ गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*